तारादेवीलाई तीन किर्तिमान सहित स्वर्ण

Gandaki Pardesh notice

पोखरा, । म्याग्दीकी तारादेवी पुनले तीन राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक हात पार्नुभएको छ । पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरी किर्तिमान राख्नुभएको छ । यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उहाँले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।

Bhautik ministry notice about road

तीन वटा कीर्तिमान बनाएकी तारदेदी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी बन्नुभएको छ। उहाँले २०५५ मा मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जित्नुभएको थियो ।

Shreekrishna hardwear in news

नेपाल पुलिसमा अनुबन्ध भएयता भारोत्तोलन खेल्न सुरु गर्नुभएकी उहाँले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जित्नुभएको हो । १०० किलो भन्दा बढी भार वहन गर्ने उहाँ एकमात्र नेपाली महिला खेलाडी बन्नुभएको छ ।

महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत हात पार्नुभएको छ । सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य हात पार्न स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...