चिमखोलामा दन्तशिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् ।

हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

वडा अध्यक्ष रिम पाइजाले ५५ जनाको दाँत भर्ने, ९७ जनाको दात ओखल्ने, १८ जनाको अन्य सेवा, ४ जनाको दाँत सफा, ४ जनाको दाँत मिलाउने र १९ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

परियोजनाका चिकित्सक जेन, स्वास्थ्यकर्मी ससिना पुर्जा, सम्झना थापा, शर्मिला थापा लगायतको टोलीले टोल टोलमा पुगेर निशूल्क रुपमा दाँत उपचार सम्बन्धी सेवा दिनुभएको थियो ।

यसअघि बेनी नगरपालिका–६ को अर्थुङ्गेमा निशूल्क दन्त शिविर सञ्चालन गरिसकेको संस्थाले अन्नपूर्ण गाउँपालिकाको दाना र चित्रेमा पनि आयोजना गर्ने जनाएको छ । परियोजनाले म्याग्दीमा विगतका वर्षदेखिनै दन्त उपचार सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...