नवौ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ ः– सदस्य सचिव घिसिङ

Gandaki Ghumau

बेनी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताउनुभएको छ ।

म्याग्दीमा सञ्चालीत महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी आउनुभएका सदस्य सचिव घिसिङले खेलाडी र दर्शक तथा सरोकारवालाहरुको साथ र सहयोगबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहाँसिक बनेको बताउनुभयो ।

“राखेपको नेतृत्वमा म आएको ११ महिना भएपनि काम गर्न पाएको जम्मा ७ महिना भएको छ,” उहाँले भन्नुभयो “छोटो तयारीका बावजुद नवौ राष्ट्रिय प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्दैछौ । खेलाडी र खेलप्रेमीहरुको चाहना पुरा गर्न सफल भएका छौ ।”

Shreekrishna

सदस्य सचिव घिसिङले अन्तराष्ट्रिय पदक जित्ने नेपाली खेलाडीलाई सम्मान सहित उचित नगदको समेत व्यवस्था गर्न ऐन संसोधन भएको बताउनुभयो । खेलाडीलाई खेल्ने र खेलेर जिवन निर्वाह गर्न पुग्ने किसिमले आर्थिक व्यवस्थापन गर्न राखेपले पहल गरिरहेको उहाँले बताउनुभयो ।

नवौ राष्ट्रिय खेलमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई राष्ट्रिय टिममा अनुबन्ध गराउने र आगामी वर्ष चिनमा हुने हङकङ च्यापीयन सिपमा सहभागी हुने व्यवस्था मिलाउने बताउनुभयो ।

Gunasthariya Shiksya

सदस्य सचिव घिसिङले बेनीको खुल्लामञ्च खेलमैदानको प्याराफिट निर्माणलाई पूर्णता दिन बेनी नगरपालिकासँग साझेदारी गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलाडीहरु प्याराफिटमा नअटाएपछि भुईमा बसेर खेल अवलोकन गर्नुपर्ने समस्या हटाउने घिसिङले बताउनुभयो ।

जिल्ला समन्वय समिति, बेनी नगरपालिका लगायत म्याग्दीका स्थानीय तह, प्रशासन र सुरक्षा निकाय तथा समुदाय स्तरबाट खेल सञ्चालनका लागि भएको सक्रीयता र सहयोगको उहाँले प्रशंसा गर्नुभयो । राखेपका बोर्ड सदस्य रमेश धमला सहित आउनुभएका घिसिङले जिसस प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, उपप्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतसँग छलफल समेत गर्नुभएको थियो ।

महिला भलिबल खेल सञ्चालन भएको खुल्ला मञ्च, तेक्वान्दो सञ्चालन भएको कवर्डहलको निरिक्षणका साथै तेक्वान्दोको विभिन्न विधामा पदक जितेका खेलाडीहरुलाई मेडल, नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिता सञ्चालनको तयारीका लागि आर्थिक स्रोत अभावका बावजुद धेरै समस्या भएको र जिल्लाको खेल पूर्वाधारका लागि सदस्य सचिवको ध्यानाकर्षण गराइएको बताउँदै सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...