अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

Add Samajik bikash office

सुरेन गुरुङ

काभ्रे (दाना),। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ ।

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुदै बाजाढुङ्गा सम्म जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्माएर वरपर रेलिङ राखी दृष्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकहरुलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उहाँले बताउनुभयो । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको शसर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. २० लाख बिनियोजन गरेको थियो ।

अनुदान बाहेक थप रु. दुई लाख १९ हजार ४७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाईजाले बताउनुभयो । काभ्रे गाउँको बेनी–जोमसोम सडकदेखि रुप्से झरना हुदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ ।

Bhautik ministry notice about road

उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ ।

पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गा सम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।

अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चार्यजनक छ ।

छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङखलाई समेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँदेखि ३० मिनेट पैदल हिडेपनि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रको एकिकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताउनुभयो ।

धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजीकको दूरीमा छन् । तीन वटै पर्यटकीय स्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्धारमा जानकारीमुलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से संगम युवा क्लवका अध्यक्ष सुनिल पाईजाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...