नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता महिला भलिवल गण्डकी, बागमती, शसस्त्र र पुलिस सेमी फाइनल प्रवेश

Add Samajik bikash office

बेनी, गण्डकी, बागमती प्रदेश, शसस्त्र र प्रहरी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्विनी र प्रदेश १ वाहिरिएका छन् ।

मधेश र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, शसस्त्रले लुम्विनी, बाग्मतिले सुदरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमी फाइनल पुगेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमि फाइनल पुग्न सेकेन्। पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो ।

सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो । शसस्त्रले लुम्विनीका विरुद्ध २५–१९, २५–१८ र २५–१० को अन्तरमा जित निकालेको हो । सदुरपश्चिम प्रदेश बागमतीसँग २५–१२,२५–१५, २५–२३ अन्तरमा पराजित भयो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५ १७ को अन्तरमा पराजित गरेको हो ।

मंगलबार सेमीफाइनलमा शसस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेश बिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । क्वाटर फाइनलको खेलमा शसस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पुर्णिमा राइलाई वमेन अफ द म्याच घोषणा गरिएको थियो ।

लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...