नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : सेनासँग शसस्त्रको जित

Add Samajik bikash office

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबल खेलको आइतबार भएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लवसँग भएको खेलमा शसस्त्र प्रहरीको एपिएफले जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामो बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक का विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए ।

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तीन टिम रहेको समूह (ए)बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह (ए)को बिजेता शसस्त्र र समुह (सि)को उपविजेता लुम्बुनी प्रदेश भिड्ने भएका छन् । यसैगरी समूह (सि)को विजेता नेपाल पुलिस क्लव समूह (ए) को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्ने रेफ्री राइले बताउनुभयो ।

सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेल रोचक बनेको थियो । खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

आइतबारको दोस्रो खेल दिउँसो २ बजे बाग्मती र मधेश प्रदेश बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । आइतबार पहिलो चरणको सवै खेल सकिने उहाँले बताउनुभयो । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...