मोनाको आयोजनामा भगवतिमा आँखा शिविर शुरु

Sinchai Khanipani notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा शनिबारदेखि रघुगंगा गाउँपालिका–२ भगवतिमा आँखा उपचार शिविर शुरु भएको छ ।

मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा शुरु भएको शिविरको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । शिविरको पहिलो दिन ३५० जनाको नाम दर्ता र २०० जनाको आँखा परिक्षण गरिएको मोनाका सचिव सुवोध बरुवालले बताउनुभयो ।

Bhautik ministry notice about road

१२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । शिविरमा आँखा परिक्षण, परामर्शका साथै निशूल्क औषधी र चश्मा वितरण सम्बन्धी सेवा दिइएको छ । नेत्रज्योती संघ म्याग्दीका नेत्र सहायक दिनेश बानिया नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएका छन् ।
बेग, भगवति, पिप्ले, दग्नाम र चिमखोलाका वासिन्दा शिविरमा सेवा लिन आएका छन् । एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको संख्या धेरै भएकाले आइतबारसम्म सञ्चालन गरिने शिविरका संयोजक गोकुल भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news

मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले प्रवासी म्याग्देलीहरुले आर्थिक स्रोत जुटाएर ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताउनुभयो । शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको पोखरामा शल्यक्रियाको व्यवस्था मिलाइने प्रवत्ता श्रेष्ठले जानकारी दिनुभयो । असोज ३१ गते अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा पनि निशूल्क आँखा शिविर आयोजना गरिएको छ ।

रोजगारी, अध्ययन, पेशा, व्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोनाले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रका गतिबिधी गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...