राष्ट्रिय महिला भलिवलमा सेना र प्रदेश १ बिजयी, कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

Add Samajik bikash office

बेनी । विभागीय टिम नेपाली सेना र प्रदेश १ ले म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलको शनिवार भएको खेलमा जित निकालेका छन् ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।

मनिषा खाँडको कप्तानीमा मैदानमा उत्रिएको सेनाको टोलीले कर्णालीलाई पहिलो सेट २५–१२, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१२ अन्तरमा पराजित गरेको हो । विनिता राइको नेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमश ः २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा सेना र कर्णाली एउटै समूह (ए)का हुन् । पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए ।

शसस्त्र प्रहरीसँग शुक्रबार फराकिलो अन्तरका विच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानिमा रहेको कर्णालीले सेनासँगको खेलमा प्रर्दशन सुधार गरेपनि जित निकाल्न सकेन् । प्रजना थापाको कप्टानीमा रहेको मधेशको टोलीले दोस्रो सेटमा प्रतिस्पर्धा गरेपनि पहिलो र तेस्रो सेटमा फराकिलो अन्तरमा प्रदेश १ संग पराजित भयो ।

आइतबार दश बजे शसस्त्र प्रहरी र नेपाली सेना तथा दिउँसो २ बजे बागमती र मधेश प्रदेशबीचको प्रतिस्पर्धा भएसँगै पहिलो चरणको खेल सकिने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।

शनिबारको खेलमा सेनाकी संगम महतो र प्रदेश १ की समिक्षा राईलाई वमेन अफ द म्याच घोषणा गरिएको छ । हालसम्म ६ वटा खेल सकिएको छ । राष्ट्यि खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुदैछ् । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...