कर्णालीमाथी सेनाको जित

khali

बेनी,। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशसँग भएको खेलमा जित निकालेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा शनिबार बिहान भएको खेलमा सेनाले कर्णालीलाई सोझो तीन सेटमा पराजित गरेको हो । मनिषा खाँडको कप्तानीमा मैदानमा उत्रिएको सेनाको टोलीले कर्णालीलाई पहिलो सेट २५–१२, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१२ अन्तरमा पराजित गरेको हो ।

शुक्रबार शसस्त्र प्रहरीसँग फराकिलो अन्तरका विच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानिमा रहेको कर्णालीले शनिबारको सेनासँगको खेलमा प्रर्दशन सुधार गरेपनि जित निकाल्न सकेन् ।

Shreekrishna hardwear in news
khali

लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा सेना र कर्णाली एउटै समूह (ए)का हुन् । शनिबारको दोस्रो खेल दिउँसो २ बजे मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।

राष्ट्यि खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुदैछ् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...