महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

Add Samajik bikash office

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश बिजयी भएका छन् ।

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो ।

एपिएफले कर्णालीलाई लगातार तीन सेटमा २५–६, २५–२ र २५–७ मा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ मा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–९ मा पछि पा¥यो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्ले वमेन अफ म्याचको उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । प्रदेशका टिममाथी विभागीय टोलीले सहज जित निकालेका छन् ।

दुई÷दुई वटा टिम रहेको डी र सीबाट समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । वेष्ट अफ फाइभ र नक आउट सिस्टममा खेल सञ्चालन गरिएको छ ।

शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...