उत्पादनमुखी लगानीमा मोनाको जोड

Gandaki Pardesh notice

ताकम,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुदै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जिल्लाको विकासका लागि प्रवासी म्याग्देलीहरुको ठुलो देन रहेको भन्दै मोनाले प्रवासबाट एकताको सन्देश समेत प्रवाह गरेको बताउनुभयो ।
म्याग्देलीको दुख, विपत्ती तथा सवै परिस्थितिमा मोनाले सघाउदै आएकोमा खुसी व्यक्त गर्नुहुँदै अध्यक्ष पुनले अव प्रवासको ज्ञान, सिप र क्षमतालाई आफ्नै देशमा आएर उपयोगमा ल्याउन समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले जिल्लाको विकासमा प्रवासी तथा जिल्लाबासीको समन्वय, सहकार्य र एकता हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख संरक्षक ओमनारायण जुग्जालीले जिल्लामा लगानी गर्ने वातावरण सृजना गराउन स्थानीय सरकारहरुको भूमिका रहने भन्दै साझेदारीमा कार्यक्रम गर्ने योजना अघि सार्न आग्रह गर्नुभएको थियो ।
मोना अन्तराष्ट्रियका संस्थापक सदस्य तथा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले मोनाले शिक्षा, स्वास्थ्य, विपत लगायतका क्षेत्रमा अतुलनिय योगदान पु¥याएको बताउनुभयो । सामाजिक सेवा सहित उत्पादनको क्षेत्रमा पनि लगानी बढाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खम्विर गर्वुजा र नेकपा माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाको भौगोलिक अवस्था र त्यहाँको सम्भावना अनुसार उत्पादनका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले लगानी सुरक्षाको नीति बनाई पालिकाले मोना संग सहलगानी र सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिका वडा नम्वर १ का अध्यक्ष झक बहादुर छन्त्याल, ६ का अध्यक्ष राजाराम सुवेदी, ७ का अध्यक्ष अशोक खत्री, मोनाका संरक्षक चक्र बहादुर थापा, एसिया प्यासिफिक संयोजक दिपक कार्की, मोना जापानका पूर्व अध्यक्ष तेजेन्द्र थापा, विधान संयोजक तिलक मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सुरुहुनुपूर्व विभिन्न झाँकीहरु सहितको ¥यालीले ताकम गाउँ परिक्रममा सहित गरिएको थियो । कार्यक्रम मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको स्वागत र सचिव सुवोध वरुवालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मोनाका विभिन्न देशबाट सहभागी भएका थिए । जिल्लाका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मोनाले हरेक बर्षको कार्यक्रम फरकफरक पालिकामा गर्दै आएको छ । यस अघिको कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...