घोडेपानीमा घोडा दौड प्रतियोगिता

Add Samajik bikash office

बेनी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा कात्तिक तेस्रो साता घोडा दौड प्रतियोगिता हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो । घोडेपानीको घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समिति लगायत स्थानीय संघ संस्थासँग सहकार्य गरेर आगामी कात्तिक १७ गते प्रतियोगिता आयोजना गरेका हुन् ।

घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न आउने पर्यटकहरुका लागि घोडा दौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ ।

Shreekrishna hardwear in news

सामान ढुवानी, आवत जावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ । घोडेपानी र घोडाको सम्बन्ध पनि छ । परापुर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीया भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो ।

Bhautik ministry notice about road

समुन्द्रि सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती पनि छ । यसअघि बैशाख महिनामा घोडादौड प्रतियोगिता हुने गरेको थियो ।

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुदै आएको छ । दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपाली देखि शरदयाममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताउनुभयो ।

घोडेपानी देखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्क सम्म सात किलोमिटर ५०० मिटरको दुरीमा घोडा दौडाउने तय भएको छ । कात्तिक ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिन पछी सारिएको हो ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शूल्क प्रतिव्यक्ति रु. तीन हजार तोकिएको छ । सहभागी हुने घोडाको लागि दानाको व्यवस्था आयोजकले गर्नेछन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...