नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा तेक्वान्दोको तयारी पुरा

Add Samajik bikash office

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा हुन लागेको तेक्वान्दो खेलमा ६६ वटा पदकका लागि ३३० जना खेलाडी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेश, तीन विभागिय र गैरआवासीय नेपाली संघ (एनआरएन)को टोली सहभागी हुने स्थानीय व्यवस्थापक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका प्रशिक्षक कर्ण प्रधानले गोरोगी बिधा तर्फ १६ र पुम्से बिधाका ६ गरि २२ वटा बिधाका विभिन्न उमेर समुहको महिला र पुरुषतर्फ ३३० जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महिला तर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी भित्र विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बेनीको कालीपुल स्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।

प्रतियोगिताको लागि कवर्डहलमा पंखा र वत्ती जडान, भवन अगाडीको भागमा ढलान, शौचालय, बाथरुम मर्मत र रंगरोगन गरिएको छ । तेक्वान्दो खेलाउन आवश्यक पर्ने म्याट राखेपले पठाएको छ । प्राबिधिक समितिको बैठक बसेर बिहिबार रातीसम्म खेलतालिका तयार पार्ने तयारी भएको प्रशिक्षक प्रधानले बताउनुभयो ।

प्रतियोगितामा भाग लिन सबै टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु बेनीमा आइसकेका छन् । तेक्वान्दो र महिला भलिबल खेलमा सहभागि हुन आएकालाई होटल व्यवसायी संघ संघको समन्वयमा आवास व्यवस्थापन गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...