नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ः महिला भलिवलमा गण्डकीको विजय शुरुवात

Gandaki Kotihome

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल खेलमा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा बिहिबार भएको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । वेष्ट अफ फाइफमा खेलाइएकोमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको हो ।

पहिलो २५÷१८, दोस्रो २५÷८ र तेस्रो सेट २५÷२२ अन्तरमा पराजित गरेको थियो । गण्डकीकी रिमा कुँवरले उमेन अफ द म्याचको उपाधी पाउनुभयो । गण्डकी महिला भलिबलको राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही र सुदुरपश्चिम बालारती जोशीको कप्तानीमा मैदानमा उत्रिएका थिए ।

Upper Myagdi transmition line notice

क्याप्टेन शाही लगायत गण्डकीबाट सहभागी पवित्रा जिसी, रेवीना पुन, मनिषा पुन, सुस्मीता पुन म्याग्दीका हुन् । घरेलु मैदानको फाइदा गण्डकीका खेलाडीले उठाए । टिम क्याप्टेन शाहीको मैदानमा खेलाडी परिचालन गर्ने रणनीतिक शैली, घरेलु मैदान र यसअघि पनि राष्ट्रिय प्रतियोगितामा सहभागी अनुभवी खेलाडी हुदाँ गण्डकीलाई सुदुरपश्चिममाथी जित निकाल्न सहज भएको राष्ट्रिय रेफ्रि राम पुनले बताउनुभयो ।

पहिलो सेटमा ७ अंकले गण्डकीले जित निकाल्दा दोस्रोमा अन्तर बढेर १७ पुगेको थियो । तेस्रो सेटको खेलमा भने सुदुरपश्चिमले गण्डकीसँगको प्रतिस्पर्धालाई रोचक बनाउदाँ पनि ३ अंकको अन्तरमा हार्न पुग्यो ।

सुदुरपश्चिमका टिम कोच नरेश थापाले नयाँ खेलाडी र कतिपय खेलाडीको राष्ट्रिय प्रतियोगितामा पहिलो अनुभव हुँदा अपेक्षाकृत प्रर्दशन हुन नसकेको बताउनुभयो । अर्को खेलमा प्रर्दशन सुधारीने कोच थापाले बताउनुभयो ।

कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागिय टिम सहभागी छन् । शुक्रबार दोस्रो दिन पहिलो चरणको तीन वटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ ।

लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् । समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् ।

Annapurna aarohan ko notice

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले राष्ट्रलाई विश्वमा चिनाउन योगदान गर्ने खेलाडीको संरक्षण र सम्मान आवश्यक भएको बताउनुभयो । “म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनु ऐतिहाँसिक र गौरवको विषय हो,” उहाँले भन्नुभयो “यसलाई व्यवस्थित र भव्य बनाउनु जिल्लाका सबै सरोकारवालाको दायित्व हो ।”

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले राष्ट्रिय खेल म्याग्दीमा संचालन हुँदा यहाँको व्यवसाय र पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो । प्रतियोगितालाई मर्यादित, सभ्य र भव्य बनाउन सरोकारवाला तथा जिल्लाबासीहरुलाई नगरप्रमुख केसीले आग्रह गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षहरुको तर्फबाट बोल्दै धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनले म्याग्दीमा राष्ट्रिय खेल संचालन भएको प्रति खुसि प्रकट गर्दै प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगिता अवधिभर सुरक्षा मजबुत बनाएको बताउँदै सौहार्दपूर्ण वातावरणमा खेल संचालन र अवलोकन गर्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद उपनिर्देशक टार्जन सुब्बा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, भलिबल रेफ्री संयोजक चन्द्र बन्दना राई, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिता उद्घाटन अघि म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजाती, संघ संस्था र खेल संस्थाहरुले बाजागाजा सहित बेनीमा झाँकी सहितको ¥याली निकालिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटनको समयसम्म पनि राखेपले प्रतियोगिता सञ्चालनको लागि बजेट नपठाएको गुनासो गर्दै समितिको अन्तरिक स्रोत, पालिका र स्थानीय सरोकारवालाको सहयोगमा काम गरिरहेको बताउनुभयो ।

जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले राष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरु उत्साहित भएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...