नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

Add Samajik bikash office

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल गण्डकी र सुदुरपश्चिम प्रदेशबीच हुने भएको छ ।

उद्घाटन खेल समुह ४ को गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बिच हुने भएको हो । बिहिबार दिउँसो २ बजे बेनीको खुल्ला मञ्चमा उद्घाटन खेल हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।

लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् । समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् । असोज २८ गते बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने भएको छ । असोज २९ गते बिहान १० बजे पोल १ को कर्णाली र त्रिभुवन आर्मी र २ बजे बाग्मती र मधेश प्रदेशबीच पहिलो चरणको प्रतिस्पर्धा हुनेछ् ।

Shreekrishna hardwear in news

पहिलो चरणका समूह बिजेता र उपबिजेता टिमबिच असोज ३१ गते क्वाटर फाइनलको खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्वाटर फाइनलका विजेता र उपविजेताबीच कात्तिक १ गते सेमि फाइनल हुनेछ् । कात्तिक २ गते बिहान क्वाटर फाइनलका उपबिजेता र दिउँसो क्वाटर फाइनलका बिजेता टिमबिच फाइनल खेल सञ्चालन हुने तालिका बनाइएको छ ।

Bhautik ministry notice about road

महिला भलिबलसँगै शुक्रबारदेखि हुने तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको पनि सबै तयारी पुरा भएको स्थानीय आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका सचिव तारा रोकाले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

विभिन्न प्रदेश र विभागीय खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरु बेनीमा आइसकेका छन् । स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र जिल्ला खेलकुद विकासको कर्वड हलमा तेक्वान्दोको पुर्वाधार तयार गरिएको छ ।

महिला भलिबलमा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । महिला भलिवल अन्तरगत बेनीमा आएका खेलाडीहरु अभ्यासमा ब्यस्त छन् ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन गरिएको छ । प्रतियोगितामा सहभागि अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि ब्यानर र तोरण टाकेर बेनी बजार सिगारिएको छ । उद्घाटन अघि बेनी बजारमा खेलाडीसहित म्याग्दीको पहिचान भल्कने झाँकी प्रर्दशन गरिने छ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउदैछन् । बेनी नगरपालिका, ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...