धौलागिरी गाउँपालिका समाजले अक्षयकोष स्थापना गर्न देउसीभैलो खेल्ने

Gandaki Pardesh notice

बेनी, । धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित आगामी तिहार पर्वको अवसरमा काठमाडौमा देउसीभैलो खेल्ने कार्यक्रम बनाएको छ ।

धवलागिरी गाउँपालिकाको ७ वटै वडामा जन्मिएर हाल काठमाडौमा बस्दै आएकाहरु आवद्ध भएर वि.स. २०७७ मा स्थापना भएको समाजले देउसीभैलो खेलेर अक्षयकोष बनाउने तयारी गरेको हो ।

Bhautik ministry notice about road

कोषबाट आर्जित व्याजबाट धार्मिक, सामाजिक, सांस्कृतिक संरक्षण तथा सम्वर्धन र प्रतिभा प्रोत्साहनमा टेवा पुग्ने मनोरञ्जनात्मक कार्यक्रमहरु गरी संस्थामा आवद्ध सदस्यहरु तथा धवलागिरीमा जन्म भई विभिन्न समस्याहरुमा परेका र आर्थिकरुपले कमजोर व्यक्तिहरुलाई मानवीय सहयोग गर्ने लक्ष्य राखिएको कोषले जनाएको छ ।

Shreekrishna hardwear in news

स्वास्थ्य उपचार तथा प्राकृतिक विपत्ति कोषमा रु. पचास लाख, जेष्ठ नागरिक संरक्षण कोषमा २५ लाख र कला, संस्कृति सम्पदा संरक्षण, सम्वर्धन तथा प्रतिभा प्रोत्साहन कोषमा रु. २५ लाख राखिने भएको छ । जेष्ठ नागरिक संरक्षण कोषबाट काठमाडौमा बस्ने धवलागिरीका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण सेवा दिने लक्ष्य समेत राखेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...