नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा भोली देखि महिला भलिबल प्रतियोगिता

Add Samajik bikash office

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता हुदैछ ।

महिला भलिबलसँगै शुक्रबारदेखि हुने तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको पनि सबै तयारी पुरा भएको स्थानीय आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष दिनेश केसीले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

विभिन्न प्रदेश र विभागीय खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरु बेनीमा आइसकेका छन् । स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र जिल्ला खेलकुद विकासको कर्वड हलमा तेक्वान्दोको पुर्वाधार तयार गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महिला भलिबलमा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । महिला भलिवल अन्तरगत बेनीमा आएका खेलाडीहरु अभ्यासमा ब्यस्त छन् ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन गरिएको छ । प्रतियोगितामा सहभागि अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि ब्यानर र तोरण टाकेर बेनी बजार सिगारिएको छ । २७ गते हुने उद्घाटनमा खेलाडीसहित जिल्लाको पहिचान भल्कने झाँकी प्रर्दशन गरिने छ ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउदैछन् । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...