मराङको बुलका खिमबहादुर पुन डेढ महिनादेखि वेपत्ता

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलका एक युवा डेढ महिनादेखि वेपत्ता भएका छन् ।

भदौ ११ गते पर्वतबाट वेपत्ता भएका २६ वर्षीय खिमबहादुर पुनको खोजीका लागि अभिभावकले अपिल गरेका छन् । धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार वि.स. २०७४ मा कतार गएका पुन घर फर्कने क्रममा हराएका हुन् ।

Bhautik ministry notice about road

कतारबाट काठमाडौ हुदै कुश्मामा रहेका साथीको होटलमा ३ दिन बसेर बेनीतर्फ हिडेका पुन हाल परिवार र आफन्तको सम्पर्कमा छैनन् । भदौको ११ गते साथीले घरसम्म पुग्न आवश्यक पर्ने बाटो खर्च दिएर बेनी जानका लागि मालढुङ्गाको बसमा चढाएर पठाएका थिए ।

Shreekrishna hardwear in news

“विदेशमा राम्रो कमाई नभएपछि साथीभाइले खर्च खोजेर नेपाल पठाएका रहेछन्,” वडा अध्यक्ष सुवेदीले भन्नुभयो “काठमाडौबाट कुश्मा आएर तीन दिन बसेको र मालढुङ्गा पठाएपछि सम्पर्कबिहिन बनेका पुनको खोजी गरिदिन बुवा आमाले वडा कार्यालयलाई खबर गर्नुभएको छ ।”

खिमबहादुरका बुवा भिमबहादुर र आमा फुलकुमारीले वडा कार्यालय मार्फत प्रहरीलाई वेपत्ता छोरा खोजिदिन निवेदन पठाउनुभएको छ । आफन्त र सम्भावित सवै ठाउँमा खोजी गर्दा पनि पहिचान नभएपछि खोजिका लागि अपिल गरेको अभिभावकले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...