रुइनेडाडामा सडक भासिदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

Add Samajik bikash office

बेनी, । बेनी नगरपालिका– १ को रइनेडाडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला गाउँपालिका हुदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरे ठाउँमा पहिरो तथा हिलोको समस्या भएकाले म्याग्दी र मुस्ताङ आवत जावत गर्ने धेरै सवारी साधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।

पहिरोका कारण सडक डबेर भासिएपछि हिलोमा सवारी साधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाई भएको छ । एक हप्तायता रइनेडाडाको पहिरोले दैनिकजसो घण्टौसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिरोको सडक पार गराएपनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनी उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ,” उहाँले भन्नुभयो “दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ ।”

Bhautik ministry notice about road

सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात ब्यवसायी र यात्रुले बताएका छन् । यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तब्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताउनुभयो ।

“जंगलको विचमा घण्टौ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ,” उहाँले भन्नुभयो “बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ । बृद्धबृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ ।”

केहीदिनयता रुइनेडाडाको पहिरो सक्रीय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङ तर्फ जानेक्रममा सवारी साधन उक्लन नसकेर फस्ने गरेका बेनपा–१ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

“पूर्वाधार विकास कार्यालय मार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारी साधन निकाल्ने र मर्मत गर्ने गरेका छौ,” उहाँले भन्नुभयो “आज बनायो, भोली फेरी उस्तै हुन्छ । डोजरलाइई यही तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौ ।”

कालीगण्डकीको किनारदेखि सडक भन्दा माथिसम्म पहिरो छ । यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडा अध्यक्ष थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...