धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

Add Samajik bikash office

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ ।

हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको हेलिकप्टरले हिउँमा फसेका उनिहरुलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगेको हो । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ ।

पाँच जनालाई धौलागिरी आधार शिविरबाट उद्धार गरेर इटली आधार शिविरमा झारिएको छ । चार जनालाई धौलागिरी आधार शिविरबाट ताकममा ल्याइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । चार जनालाई आधार शिविरबाट पोखरा लगिएको छ ।

Shreekrishna hardwear in news

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले ताकममा ल्याएर छाडेको छ । खच्चर व्यवसायी परियारका अनुसार उनिहरुसँगै गएका मार्फाका ५ जना इटली आधार शिविरमा छन् ।

Bhautik ministry notice about road

चार जना पर्यटक पथप्रर्दशकलाई हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको हो । परियारले फोर सिजन ट्रेकिङ कम्पनी मार्फत आधार शिविरमा पुगेका एक जना प्रथप्रर्दशक र एक जना भरियाको हिउँमा पुरिएर मृत्यु भएपनि उनिहरुको पहिचान नखुलेको बताउनुभयो । प्रनाउ भारतीले मानिस मरेको पुष्टि भइनसकेको बताउनुभयो ।

“असोज १७ गते मार्फाबाट हिडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्षात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहिन भयौ,” परियारले भन्नुभयो “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौ ।”

थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका माईकलका २८ वटा र अन्यका १७ वटा घोडा खच्चर मरेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्बन्धीत टे«किङ कम्पनी सम्पर्कमा आएपछि हेलिकप्टर परिचालन गरेर उद्धार गरिएको र बाँकी ५ जनालाई मौसममा सुधार भएपछि उद्धार गरिने बताउनुभयो ।

उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरि, हिमपात र प्रतिकुल मौसमका कारण उद्धारमा ढिलाई भएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...