ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई मोना हङकङको चालिस लाख सहयोग

Gandaki Pardesh notice

बेनी । हङकङमा रहेका म्याग्देलीहरुले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमारु. चालिस लाख सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ साधारणसभाको अवसरमा संकलन भएको रु. ४० लाख ११ हजार १११ मंगलबार बेनीमा हस्तान्तरण गरिएको हो । मोना हङकङका अध्यक्ष कर्ण पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवी प्रकोपमा राहतस्वरुप करिब रु. ३ करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताउनुभयो । कोषका महासचिव लोकबहादुर पुनले वि.सं. २०७१ मा स्थापना भएको संस्थाले गरिब बिरामीहरूको उपचारमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । हालसम्म २६५ जनाको उपचारमा सघाएको पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुन(शान्ति)को उपचारका क्रममा निधन भएपछि पुनको उपचार अभियानमा संकलन भएर बचत भएको रु. १३ लाख रकमबाट उहाँकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो ।

रु. तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु. एक करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरि ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहनुभएका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति रु. २ लाख सहयोग गर्नुभएको थियो । उक्त अवसरमा अक्षयकोषमा रु २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गर्नुभएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा सहभागी कर्ण पुन, इन्द्रएलजी थापा मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्य लगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदान संगै माला लगाएर सम्मान गर्नुभएको थियो ।

यसैबीच मोनाले धौलागिरि चक्रिय पदमार्गको प्रवर्द्धन गर्ने भएको छ । मोना हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा बुधबारदेखि एउटा टोली त्यसतर्फ प्रस्थान गर्दैछ । उनीहरू बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कनेछन् ।

‘हामी धौलागिरि पदमार्ग प्रवद्र्धनका लागि पदयात्रामा निस्कँदैछौं’, पुनले भन्नुभयो, ‘आफ्नो मातृभूमिको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य अवलोकन गरेर हामी यसको व्यापक प्रचार गर्नेछौं। हाम्रो अभियानबाट प्रेरित भएर अरुलाई पनि पदयात्रा गर्न प्रोत्साहन मिल्नेछ ।’

पदयात्रा टोलीमा अध्यक्ष पुनसहित उनकी जीवनसाथी मनु पुन, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरि, उनकी जीवनसाथी सुनिता पूर्जा पुन, सचिव जेबेन्द्र फगामी उनकी जीवन साथी मन्दिरा फगामी, सल्लाहकार राजु गर्बुजा पुन, उनकी जीवनसाथी देवामाया पुन र पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, उनकी जीवन साथी लक्ष्मी थापा मगर सहभागी छन् । साथै तीन जना पत्रकार पनि पदयात्रामा जाँदैछन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राना, बेनी नगरपालिकाका मेयर केसी, बेनी अस्पताल व्यवस्थापन समितका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, मोना म्याग्दीका संस्थापक रमेश गिरी लगायतले गरिब तथा विपन्नको उपचारका लागि प्राप्त भएको रकमको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रवासी म्याग्देलीहरुलाई सामाजिक क्षेत्रमा सहयोग संगै उत्पादनशिल क्षेत्रमा लगानी भित्र्याउन आग्रह गर्नुभएको थियो ।

कोषका अध्यक्ष शाक्यले कोषको मर्म अनुरुप आर्थिक रुपमा विपन्नता भएका विरामीहरुको उपचारमा कोषले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मोना हङकङका अध्यक्ष पुनको अध्यक्षता बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीको स्वागत र महासचिब जेबेन्द्र फगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...