केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

Add Samajik bikash office

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक भासिएपछि म्याग्दी र मुस्ताङको यातायात सेवा प्रभावित भएको छ ।

मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले केराबारीमा खसेको ठूलो पहिरो पन्छाएर यातायात सञ्चालन गर्न एक÷दुई दिन लाग्ने बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सोमबार बिहान पहिरो खसेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक माथिको पाखो चिरा÷चिरा परेको छ । सडकमा पहिरोको पहाड बनेको छ । पहिरो पन्छाएर मर्मतका लागि थप पहिरो खस्ने जोखिम पनि छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र पर्वतले बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का कृष्णको सहायक ठेकेदार ओमकार्यश्वरले सो ठाउँमा सडक विस्तारका लागि डोजर प्रयोग गरेर पहाड फुटाउदै आएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...