![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी, । नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।
बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
काँग्रेस अन्नपूर्णका सभापति बलबहादुर तिलिजा एक वर्ष अघि भएको काँग्रेसको पालिका अधिवेशनका क्रममा बरुवाललाई एक मतले पछि पार्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । तिलिजा गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित हुनुभएको थियो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
सभापतिको जिम्मेवारी पाएका बरुवाल पुर्व जिल्ला सदस्य हुनुहुन्छ । उहाँ अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को पुर्व वडा अध्यक्ष समेत हुनुहुन्छ ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)