समानुपातिक उमेद्वारको बन्द सूचिमा माओवादीबाट योजना आयोगका पुर्व उपाध्यक्ष मिन श्रेष्ठ, प्रदेशसभामा काँग्रेसकी बिमला गौचन र माओवादीका बागबिर पाइजा प्राथमिकतामा

Gandaki Pardesh notice

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलले म्याग्दीका १५ जनालाई समानुपातिक उमेद्वार बनाएका छन् ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक उमेद्वारको बन्द सुचिमा म्याग्दीका १५ जनाको नाम समावेश भएको हो । प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० जनाको नाम समावेश भएको छ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठलाई आदिवासी जनजातीको समुहबाट समानुपातिक उमेद्वार बनाएको छ । माओवादीले श्रेष्ठको नाम आदिवासी जनजाती पुरुष समूहबाट तेस्रो नम्बरमा राखेको छ ।

Shreekrishna hardwear in news

श्रेष्ठ वि.स. २०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । श्रेष्ठ उपाध्यक्ष हुँदा बेनी–जोमसोम–कोरला सडक, बेनी–दरवाङ सडक लगायत दुरगामी महत्वका आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत गराई बजेटको स्रोत सुनिश्चितता भएको थियो ।

म्याग्दीको केन्द्रिय राजनीतिमा पहुँच नपुगेको गुनासो रहेको अवस्थामा समानुपातिकको बन्द सूचिमा प्राथमिकतामा परेका श्रेष्ठले सरकार अथवा संसदीय समितिमा महत्वपूर्ण जिम्मेवारी पाउने राजनीतिक वृत्तमा चर्चा छ ।

Bhautik ministry notice about road

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वासपात्रका रुपमा रहेका श्रेष्ठलाई माओवादी म्याग्दीले समानुपातिक उमेद्वारका लागि सिफारिस गरेका थिए । श्रेष्ठको जन्मथलो बेनपा ४ सिंगा हो ।

यसैगरी नेपाल महिला संघ म्याग्दीका सभापति बिमला गौचनलाई नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा सदस्यको बन्द सूचिमा प्राथमिकताका साथ नाम राखेको छ । आदीवासी जनजाती महिला, अल्पसंख्यकको पहिलो नम्बरमा गौचनको नाम परेको छ ।

माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिका–५ शिखका बागबिर पाइजाको नाम प्रदेशसभाको समानुपाति उमेद्वारको बन्द सुचि अन्तरगत आदीवासी जनजाती समुहबाट दोस्रो नम्बरमा राखेको छ ।

नेकपा एकिकृत समाजवादीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी दिलु बुद्धुजाको नाम प्रतिनिधिसभाको आदीवासी जनजाती समुहको आर्ठौ नम्बरमा राखेको छ । बुद्धुजा तेस्रो लिङ्गी हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाले छेमबहादुर बिक (छबी), नेपाल मजदुर किसान पार्टीले बालकृष्ण सुवेदी, नेपाली जनता दलले मुक्तिनाथ सुवेदीलाई प्रतिनिधिसभाको समानुपातिक उमेद्वार बनाएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनले रनबहादुर फगामीलाई प्रदेशसभाको समानुपातिक उमेद्वारको बन्द सूचिमा तेस्रो नम्बरमा राखेको छ । नेकपा एकिकृत समाजवादीले बमबहादुर पाइजालाई आदीवासी जनजाती समूहबाट १० औ नम्बरमा राखेको छ ।

राप्रपाले भिमप्रसाद गौचन, मनु केसी, नेशलिष्ट पपुलिष्ट पार्टीले निशाकुमारी कटुवाल क्षेत्री, नेपाली काँग्रेस विपीले मणिभद्र जैसी, हाम्रो नेपाली पार्टीले सुस्मिता खत्री, जनसमाजवादी पार्टीले मालचन्द्र तिलिजा पुन र सामाजिक एकता पार्टीले टिकाबहादुर फगामीलाई प्रदेशसभाको समानुपातिक उमेद्वारको सूचिमा राखेको छ । नेकपा एमालेले भने यसपाली म्याग्दीका कसैलाई पनि संघ र प्रदेश दुवैतर्फ समानुपातिक उमेद्वार बनाएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...