म्याग्दीमा २० जनाको मनोनयन दर्ता

Gandaki Pardesh notice

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि २० जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधिसभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेशसभा क्षेत्र (क) मा ६ र (ख) मा ५ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, गठबन्धनबाट नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), राप्रपाका जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि केसी, मंगोल नेशनल अर्गनाइजेशनका ओमराज मगर, नेप्लिज पिपल्स पार्टीका बिष्णु घिमिरे खत्री, स्वतन्त्रबाट अन्नपूर्ण गाउँपालिका–६ का खीलबहादुर बरुवाल, बेनपा ७ का नविन जिसी र अन्नपूर्ण–६ का विनोद भट्टचनले मनोनयन दर्ता गर्नुभएको छ ।

Shreekrishna hardwear in news

प्रदेशसभा क्षेत्र (क)मा नेकपा एमालेका देबेन्द्रबहादुर केसी, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरि भण्डारी, राप्रपाका प्रविन शाही, राप्रपा नेपालका दुध गिरी, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन र स्वतन्त्र नेत्रबहादुर महतले मनोनयन दर्ता गर्नुभएको छ । महतले नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेद्वार बन्नुभएको हो ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा, गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन), राप्रपाकी मिठु थापा, मंगोल नेशनल अर्गनाइजेशनका डेकबहादुर पुन (डिके) र स्वतन्त्र देविन्द्र फगामीले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापामगरले जानकारी दिनुभयो ।

म्याग्दीमा क्रियाशिल नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सत्ता साझेदार दल काँग्रेस र माओवादीका उमेद्वारलाई सघाउने नीति अनुसार मनोनयन दर्ता नगरेको जनाएका छन् । मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फरक फरक दललाई समय तोकेको थियो ।

तोकिएको समयमा प्रस्तावक, समर्थक र नेताहरुको साथमा पुगेका उमेद्वारले मनोनयन दर्ता गराएका थिए । गठबन्धनका उमेद्वारहरु मनोनयन दर्ताका लागि सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए ।

Bhautik ministry notice about road

नेकपा एमाले म्याग्दीका दुर्ई कार्यकाल अध्यक्ष भएका प्रतिनिधिसभा सदस्यमा उमेद्वार बन्नुभएका श्रेष्ठ हाल गण्डकी प्रदेशको सचिवालय सदस्य हुनुहुन्छ । संसदीय राजनीतिमा पहिलो पटक उमेद्वार बन्नुभएका श्रेष्ठ र गठबन्धनबाट उमेद्वार बनेका काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाबीच प्रतिस्पर्धा हुने देखिएको छ । गर्बुजा वि.स. २०७० र २०७४ को प्रतिनिधिसभा सदस्यमा उमेद्वार बन्नुभएको थियो । श्रेष्ठ र गर्बुजाको उमेर समान ५७÷५७ वर्ष छ ।

Jagat Prashad Gauchan

सत्ता गठबन्धनको संयन्त्रले म्याग्दीमा प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको दुई वटै क्षेत्रमा काँग्रेसको भागमा सिट बाँडबाट गरेपनि जिल्ला स्तरमा दुई दलका नेताहरुले साटफेर गरेका हुन् । माओवादीले संविधानसभा सदस्य समेत रहेका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेललाई प्रतिनिधिसभाको टिकट दिएको थियो ।

पौडेलले पार्टीको हितका लागि पछि हटेर गठबन्धनलाई सघाएको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारीले म्याग्दीको राजनीतिमा माओवादी र ईञ्चार्ज पौडेलले उच्च राजनीतिक विश्वास, परिपक्कता र इमान्दारिता प्रस्तुत गरेको भन्दै गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

एमालेबाट प्रदेशसभा क्षेत्र (क)का उमेद्वार केसी एमालेका जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिका पुर्व प्रमुख हुनुहुन्छ । उहाँ २०५४ को स्थानीय निकाय चुनावमा शिक्षकको स्थायी जागिर छाडेर तत्कालीन भगवति गाविसको अध्यक्षमा उमेद्वार बनेर विजयी हुनुभएको थियो । केसी र माओवादीका भण्डारी रघुगंगा गाउँपालिकाको वडा नम्बर २ का बासिन्दा हुनुहुन्छ ।

३९ वर्षीय भण्डारी विदेशबाट नेपाल फर्किएपछि ब्यवसायको साथै माओवादीको राजनीतिमा सक्रीय हुदै आउनुभएको छ । म्याग्दी जेसिज लगायत सामाजिक संघ संस्थामा समेत आवद्ध भएका भण्डारी वि.स. २०७४ को स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षको उमेद्वार बन्नुभएको थियो । त्यो चुनावमा रघुगंगामा एमाले–माओवादीले तालमेल गरेका थिए ।

प्रदेशसभाको क्षेत्र (ख) मा एमालेबाट उमेद्वार बन्नुभएका गर्बुजाको स्थायी घर धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका बासिन्दा हुनुहुन्छ । काठमाडौमा बसेर राजनीति गर्दै आएका गर्बुजा एमालेको गण्डकी प्रदेश कमिटि सदस्य हुनुहुन्छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुदाँ उहाँको स्वकीय सचिव भएर काम गर्नुभएको थियो

गठबन्धनबाट माओवादीका उमेद्वार ३९ वर्षीय जुग्जाली सो पार्टिको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्धन्दकालमा भूमिगत भएका जुग्जाली पार्टिभित्र सुविन नामले चिनिनुहुन्छ । वि.स. २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार बनेर मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उमेद्वार बन्नुभएको थियो ।

मनोनयन दर्तापछि उमेद्वारहरुले नीति निर्माण तहमा म्याग्दीको भूगोल, समस्या र आवश्यकताको सम्बोधन गर्ने, शुरु भएका र अधुरा विकास आयोजनालाई पूर्णता दिने, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, विद्युत, पर्यटन, वनपैदावारको ब्यवस्थापनसँगै रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...