तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता

Gandaki Pardesh notice

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सत्तासाझेदार पाँचदलीय गठबन्धन, नेकपा एमाले लगायत दल तथा स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), राप्रपाका जगतप्रसाद गौचन, नेपाल स्वतन्त्र पार्टीका हरि केसीले मनोनयन दर्ता गर्नुभएको छ ।

नेकपा एमालेका उमेद्वारहरु
Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रदेशसभा क्षेत्र (क)मा नेकपा एमालेका देबेन्द्रबहादुर केसी, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरि भण्डारी, राप्रपाका प्रविण शाही लगायतले मनोनयन दर्ता गराउनुभएको छ । प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा, गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन), राप्रपाकी मिठु थापा लगायतले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा ओमराज मगर, क्षेत्र (क) मा दिपक पुन, (ख) मा डेकबहादुर पुन (डिके)ले मनोनयन दर्ता गर्नुभएको छ । प्रदेशसभाको क्षेत्र (क) मा बेनपा १ रत्नेचौरका नेत्र महत र अन्नपूर्ण ६ का खिलबहादुर बरुवालले स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको छ । महत नेपाली काँग्रेसका नेता हुनुहुन्छ ।

स्वतन्त्र पार्टीबाट प्रदेशसभा क्षेत्र (क) मा नविन जिसी र (ख) मा देबेन्द्र फगामीले मनोनयन दर्ता गराउनुभएको छ । म्याग्दीमा क्रियाशिल नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सत्ता साझेदार दल काँग्रेस र माओवादीका उमेद्वारलाई सघाउने नीति अनुसार मनोनयन दर्ता नगरेको जनाएका छन् ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फरक फरक दललाई समय तोकेको थियो । तोकिएको समयमा प्रस्तावक, समर्थक र नेताहरुको साथमा पुगेका उमेद्वारले मनोनयन दर्ता गराएका थिए । गठबन्धनका उमेद्वारहरु मनोनयन दर्ताका लागि सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...