म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्बुजा
प्रदेशमा माओवादीका भण्डारी र जुग्जालीले टिकट पाए

Gandaki Pardesh notice

बेनी, सत्ता साझेदार पाँच दलीय गठबन्धनले म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेद्वार छनोट गरेका छन् ।

आइतबार दिउँसो प्रतिनिधिसभा सदस्यमा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले टिकट पाउनुभएको छ । प्रदेशसभाको क्षेत्र (क)मा माओवादी केन्द्रका हरि भण्डारी र (ख) मा रेशम जुग्जाली (सुविन)ले टिकट पाउनुभएको छ ।

भण्डारी माओवादीका रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष हुनुहुन्छ । क्षेत्र (ख)का उमेद्वार जुग्जाली माओवादीका जिल्ला संयोजक हुनुहुन्छ । दुवै जना युवा नेता हुन् । प्रतिनिधिसभामा गठबन्धनका गर्बुजाको प्रतिस्पर्धा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठसँग हुनेछ् ।

Shreekrishna hardwear in news

प्रदेश क मा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र कटुवाल र ख मा प्रदेश कमिटि सदस्य यामबहादुर गर्बुजाले मनोनयन दर्ता गर्नुभएको छ । सत्ता गठबन्धनले देशब्यापी सिट बाँडफाँडका क्रममा म्याग्दीको प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको क्षेत्र (क) र (ख) काँग्रेसको भागमा पारेका थिए ।

Bhautik ministry notice about road

आइतबार बिहान दुवै दलका जिल्ला कमिटिको पदाधीकारी बैठकले प्रतिनिधी र प्रदेशसभाको सिट साट्ने सहमति गरेर स्विकृतिका लागि केन्द्रिय कमिटि र गठबन्धनको संयन्त्रलाई संयुक्त पत्राचार गरेका थिए ।

दुवै दलको केन्द्रिय कमिटिले जिल्लाको निर्णयलाई सदर गर्दै टिकट पठाएका हुन् । टिकट आएपछि काँग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी लगायत गठबन्धनमा आवद्ध दल मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी गरेका नेताहरुले बताएका छन् ।

प्रतिनिधीसभा सदस्यको टिकट पाउनु भएका माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज एवम् संविधानसभाका सदस्य गोविन्द पौडेलले पार्टी हितका लागि उमेद्वारीबाट पछि हटेको बताउनुभयो । “पार्टीले उमेद्वारको लागि टिकट दिएको थियो, जिल्लामा फरक किसिमको सहमति बन्यो,” उहाँले भन्नुभयो “पार्टी हितका लागि पछि हटेको छु । गठबन्धनका उमेद्वार जिताउने मेरो जिम्मेवारी हुनेछ् ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...