म्याग्दीमा माओवादीले काँग्रेसलाई प्रतिनिधिसभा र काँग्रेसले माओवादीलाई प्रदेशका दुई सिट साटफेर गर्ने

Gandaki Pardesh notice


बेनी । म्याग्दीमा प्रतिनिधीसभा काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्र माओवादीलाई छोड्न दुवै दलका जिल्ला नेता सहमत भएका छन् ।

सत्ता गठबन्धनले देशब्यापी सिट बाँडफाँडका क्रममा म्याग्दीको प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको क्षेत्र (क) र (ख) काँग्रेसको भागमा पारेका थिए । आइतबार बिहान दुवै दलका जिल्ला कमिटिको पदाधीकारी बैठकले प्रतिनिधी र प्रदेशसभाको सिट साट्ने सहमति गरेर स्विकृतिका लागि केन्द्रिय कमिटि र गठबन्धनको संयन्त्रलाई संयुक्त पत्राचार गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले प्रदेशका दुई वटै सिट माओवादी र प्रतिनिधीसभामा काँग्रेसले मनोनयन दर्ता गर्ने सहमति गरेर टिकटका लागि माथिल्लो कमिटिमा पत्राचार गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका सचिव हिरा पुनले दुवै पार्टीको जिल्लाका शिर्ष नेताले गरेको सहमतिलाई मान्यता दिन केन्द्रिय समितिमा पत्राचार गरिएको जानकारी दिनुभयो । “माओवादीले प्रतिनिधी र काँग्रेसले प्रदेशसभा एक अर्कालाई छाड्न तयार भएका छौ,” उहाँले भन्नुभयो “पहिलो विकल्प केन्द्रले मान्यता दियो भने जिल्लाको सहमति कार्यान्वयन हुन्छ । केन्द्रिय संयन्त्रले गरेको सिट बाडफाडको आधारमा मनोनयन दर्ता गर्ने दोस्रो विकल्प पनि छ ।”

माओवादी केन्द्रले संबिधानसभा सदस्य, केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेललाई म्याग्दीमा प्रतिनिधिसभा सदस्यको उमेद्वारको टिकट दिएको थियो । काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका लागि जिल्ला सभापति खम्बिर गर्बुजा, पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानिया र जिल्ला उपसभापति केबी भण्डारीको नाम सिफारिस भएको छ ।

एमालेले प्रतिनिधीसभा सदस्यका लागि प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश (क)मा जिल्ला अध्यक्ष देवेन्द्र केसी र (ख) मा प्रदेश सदस्य याम गर्बुजालाई उमेद्वार चयन गरेको छ ।

माओवादीले प्रदेश (क)मा धनलाल जैसी र रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष हरि भण्डारी तथा प्रदेश (ख)मा रेशम जुग्जाली (सुविन) र विशेष प्रदेश सदस्य अर्जुन थापाको नाम उमेद्वारका लागि सिफारिस गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...