प्रतिनिधी र प्रदेशसभा निर्वाचन ः मनोनयन दर्ता आज

Gandaki Pardesh notice

उमेद्वारका लागि को कोले पाए टिकट ?

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुदैछ ्।

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ । १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन नलिने मुख्य निर्वाचन अधिकृत कृष्णा प्रसाद नेपालले जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

शनिबार जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मनोनय दर्ता सम्वन्धी राजनीतिक दल र पत्रकार लगायतलाई जानकारी गराएको थियो । निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले दलहरूलाई आग्रह गरेका छन् । उम्मेदवारी दर्ता स्थलमा १० वटा पाटीको झण्डा र २५ जनाभन्दा बढीको जुलुस गर्न पाईने छैन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोकेको छ । निर्वाचन आयोगले म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारका लागि ३१ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ख निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ खर्च गर्न सकिने उल्लेख गरेको छ ।

तोकिएको रकमबाट मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठि, अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा वा विद्युतिय माध्यम सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयमा खर्च गर्न सकिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी गराउनुभयो ।

राजनीतिक दलले जुलुस आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई २४ घण्टा अघिनै कार्यक्रम हुने स्थान र समयको जानकारी गराउनुपर्ने उल्लेख छ । सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह् राख्न नहुने आचारसंहितामा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले अपाङ्ग, गर्भपति, ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म सहज रुपमा पुग्नका लागि मापदण्ड अनुसार सवारी चल्न दिने भएको छ ।

Bhautik ministry notice about road

एमालेका उमेद्वार चयन
नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस थियो । सिफारिस भएकामध्ये जिल्ला अध्यक्ष कटुवाललाई पार्टीले टिकट दिने निर्णय गरेको हो ।

त्यसैगरि प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्ष तर्फ प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये यामबहादुर गर्वुजालाई पार्टीले टिकट दिने निर्णय गरेको छ ।
गठबन्धनबाट माओवादीलाई संघ, काँग्रेसलाई प्रदेश

सत्तागठबन्धनले सिट बाँडफाटका क्रममा म्याग्दीमा प्रतिनिधीसभामा माओवादी केन्द्र र प्रदेशका दुवै क्षेत्र काँग्रेसले लिने सहमति गरेका छन् ।

दुवै पार्टीले उमेद्वार टुङ्गो लगाइसकेका छैनन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभा सदस्यको उमेद्वारका लागि गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे र खुमनाथ सुवेदीको नाम सिफारिस गरेको थियो ।

एक माओवादी नेताहरुका अनुसार संबिधानसभा सदस्य, केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले टिकट पाउने सम्भावना छ । काँग्रेसले प्रदेशसभा क्षेत्र (क)मा हरिकुमार श्रेष्ठ, डमबहादुर पुन र ओम छन्त्यालको नाम सिफारिस भएको छ । प्रदेशसभा क्षेत्र (ख)मा मनमोहन छन्त्यालको नाम सिफारिस भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...