लुलाङमा पहिरोले विद्यालय भवन भत्कियो

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अविरल बर्षासँगैको पहिराले विद्यालयको भवन भत्किएको छ ।

लुलाङ आधारभूत विद्यालयको दुई कोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिरोले गएराती भवनको छानो र पर्खाल भत्किएको जानकारी दिनुभयो ।

“राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु. ३६ लाखको लागतमा हालै भवन बनाएका थियौ,” उहाँले भन्नुभयो “भवन भत्किदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुई वटै कोठा बस्नै नमिल्ने गरि भत्किएको छ । दलित समुदायको बाहूल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा २२६ जना विद्यार्थी छन् ।

चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनको योजना पारिएको थियो । नयाँ भवन भत्किदाँ विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या सिर्जना भएको प्रअ ठाकुरले बताउनुभयो ।

वडाका जनप्रतिनिधि मार्फत गाउँपालिका र सम्बद्ध निकायमा भवन भत्किएको विषयमा जानकारी गराएको विद्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...