ताकमकोतको छेलो प्रतियोगितामा निस्कोटका याम विजयी

Add Samajik bikash office

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ को ऐतिहाँसिक ताकमकोतमा बुधबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।

३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा पनि सहभागी मध्य सबैभन्दा टाढा छेलो फालेर विजयी हुनुभएको थियो । विजयी यामबहादुरलाई आयोजकले रु. पाँच हजार नगद सहित फेता गुटाएर सम्मान गरेका थिए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विजयी यामबहादुरलाई फेटा गुटाएर सम्मान गर्नुभएको थियो । विजयीलाई बाजा सहित काँधमा बोकेर कोतघर परिसरमा परिक्रमा गराइएको थियो ।

Shreekrishna hardwear in news

बाइसे चौविसे राज्यका पालामा तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा पहलमान पहिचानका लागि हरेक वर्षको रामनवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरिदै आएको छ । ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई पहलमान घोषणा गर्ने चलन रहेको ताकमकोत पुजा व्यवस्थापन समितिका रुपक सुवेदीले जानकारी दिनुभयो ।

ताकमकोतमा बुधबार महानवी पर्वको अवसरमा पुजाआजा र दर्शनका लागि भक्तजनको घुइचो लागेको थियो । म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट भक्तजन आएका थिए । ताकमकोतमा पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । भाकल पुरा भएपछि बली दिने चलन रहेको ताकमकोत मन्दिरका पुजारी हेमनाथ पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

ताकमकोतमा महानवमीको पुजाका क्रममा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले मौलिक पुख्यौली नृत्य प्रस्तुत गरेका थिए । बाजागाजा र ध्वजापटकाले रिँगारिएका लिङ्गा लिएर पञ्चवली दिनेहरु ताकमकोत पुगेका थिए । पुजा व्यवस्थापनका लागि वडा अध्यक्ष अशोक खत्रीको संयोजकत्वमा समिति बनाएर तयारी र व्यवस्थापनको काम गरिएको थियो । यसैगरी ताकमकोतमा निर्माण गर्न लागिएको हनुनमानको मुर्तिको पनि बुधबारनै शिलन्यास गरिएको छ । समुदाय र गाउँपालिकाको सहकार्यमा निर्माण हुन लागेको मुर्तिको गाउँपालिकाका अध्यक्ष प्रेम पुनले शिलन्यास गर्नुभयो ।

ताकमकोत सहित म्याग्दीका शक्तिपिठहरुमा बुधबार भक्तजनको घुइचो लागेको छ । ज्यामरुककोट, भगवति कोत, बेनी कोत लगायतका ऐतिहाँसिक कोतघरहरुमा पुजाआजा र बली चढाउने चलन छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...