दशैमा पिङको रौनक

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा हालिएको पिङले दशैको रौनक बढाएको छ ।
दशैमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने चलन छ । टोल, बस्तीमा बाँस र काठको पिङ हालेपछि दशैको रौनक बढेको छ । बृद्धबृद्धा देखि बालबालिकाहरु पिङ खेलेर रमाइलो गरेका छन् ।

परम्परागत रुपमा लिङ्गे पिङ संगै काठको रोटेपिङ समेत बनाउने गरिन्थ्यो । लिङ्गे पिङको प्रचलन अझै रहेपनि रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको छ ।

काठका सामानहरु पयोग गरि एकै पटकमा धेरै जना खेल्न मिल्ने रोटेपिङ सिप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पिङ हाल्ने र खेल्ने चलन परम्परागत समाजमा भेटघाट र मनोरञ्जनको माध्यम थियो । युवाहरु पिङका लागि काठ लिन जंगल जाने, युवतिहरुले उनिहरुलाई खाजा लगिदिने, एक अर्का गाउँमा पुगेर पिङ खेल्ने चलन गरेको बेनीका अमर बानियाले बताउनुभयो ।

कतिपय गाउँमा पिङ हाल्ने परम्परागत चलनलाई निरन्तरता दिएका छन् । बजार क्षेत्रमा भने संरक्षण र परम्पराको निरन्तरताका लागि पिङ हाल्ने गरेका छन् । पुर्खाहरुले दशैँको अवसरमा जमिन छाड्ने प्रचलन स्वरुप पिङ खेल्ने संस्कृतिको सुरुवात गरेका थिए ।

मनोरञ्जनका लागि इन्टरनेट प्रविधिमा आधारित मोवाईल, टेलिभिजन, युटुब, सामाजिक सञ्जाल लगायतमा नयाँ पुस्ता भुल्ने भएकाले पुराना र मौलिक मनोरञ्जनका पिङ, रोटेपिङ, चमच्चाहरु हराउदै गएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...