किसानी चन्द्रकुन्ता माविलाई एक करोड बढी सहयोग जुट्यो

Add Samajik bikash office

गोपाल आचार्य
धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीको पहलमा रु. एक करोड भन्दा बढी सहयोग जुटेको छ ।

दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पुर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाहरुबाट रु. एक करोड ३ लाख सहयोग जुटेको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सहयोग जुटाउने उद्देश्यले इन्द्रेणी समुहका कृष्ण कडेल नेतृत्वको कलाकारहरुको उपस्थितिमा आइतबार धारापानीमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । धारापानीकी सरु पुनले रु. सात लाख उपलब्ध गराउनुभएको छ ।

Shreekrishna hardwear in news

विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उहाँका भाई पुर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर थापा र आमा कुन्ता देवी थापाको नाममा ७ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।

धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले रु. पाँच लाख २१५, बेदबहादुर राना र गिता रानाले रु. पाँच लाख १५५, तेजिन्द्र थापा र बिष्णु थापाले रु. तीन लाख १२५, काठमाडौमा बस्ने पदम जंग थापाले रु. एक लाख ५५५, लालबहादुर राना र नरदेवी रानाले रु. एक लाख १११ सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

घोषणा भएको रकम एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । चन्दादाताहरुलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, वडा अध्यक्ष अशोक खत्री, गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल लगायतले सम्मान गर्नुभएको थियो ।

८० वर्ष भन्दा बढी उमेर समुहका २३ जनालाई सम्मान गरिएको थियो । भवन उद्घाटनका अवसरमा आयोजित अन्तर मावि स्तरीय नृत्य प्रतियोगितामा चन्द्रज्योती मावि खिवाङ प्रथम, हेम नमुना आवासीय मावि शिवाङ दृतीय, केवी एकेडेमी तृतीय, लमसुङ मावि चौथो र ताकम मावि सान्तवना भएका थिए ।

वि.स. २०७७ मा भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीको किम्बोट भन्ने ठाउँमा स्थानीयबासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर स्थानान्तरण गरिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु. ७० लाख सहयोगमा निर्माण भएको चार कोठे भवन शनिबार जग्गादाता चक्रबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक बिकास परियोजना र समुदायको कुल रु. ७३ लाख ७१ हजार ४५० को लागतमा चार कोठे भवन निर्माण भएको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत यस वर्ष थप चार कोठे भवन निर्माणका लागि बजेट बिनियोजन भएको छ । कक्षा १० सम्मको पठनपाठन हुने दुई सय भन्दा बढी विद्यार्थी रहेको विद्यालयले किमबोटको नयाँ भवनमा पठनपाठन सञ्चालन गर्न थालेको छ । किम्बोटमा विद्यालयका लागि दुई वटा शौचालय पनि निर्माण भएको छ ।

२०७७ असार अन्तिम हप्ताको भिषण बर्षाका कारण बिद्यालय रहेको ढाडँटोलमा जमिन धाँजा फाटेर चिरा चिरा परेपछि २० कोठे कक्षा कोठा भवन र ६ वटा शौचालयका भवन भत्किएका थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...