वडाको पहलमा बेनीमा लिङ्गे पिङ

Add Samajik bikash office

बेनी, । म्याग्दीको सदरमुकाम बेनीको खुल्ला मञ्चमा दशैका लागि लिङ्गे पिङ हालिएको छ ।

बेनी नगरपालिका–७ को पहलमा लिङ्गे पिङ हालिएको हो । बेनपा–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बजारका बासिन्दाहरुलाई दशैमा पिङ खेल्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
“बजारका बालबालिकाले लिङ्गे पिङको बारेमा जानुन, बुढापाकाले खेल्न पाउन भनेर हालिएको हो,” उहाँले भन्नुभयो “परम्परा र लिङ्गे पिङको संरक्षण गर्ने पनि उद्देश्य हो ।”

Bhautik ministry notice about road

मजदुर परिचालन गरेर बाँसको लिङ्गा गाड्ने, लठ्ठा तान्ने, काठ राख्ने गरिएको थियो । पछिल्लो समय गाउँघर र सहरबजारमा बढ्दो आधुनिकतासँगै पिङ हाल्ने र खेल्ने चलन हराएको छ । दशै, तिहारमा पिङ्ग हालेर खेल्ने परम्परागत चलन छ ।

Shreekrishna hardwear in news
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...