म्याग्दीका कोतघरमा फुलपाति भित्र्याइयो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन आइतबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढोलथान, जलजला गाउँपालिकाको मल्लाज लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ ।

बेनीको कोतघरमा बाजागाजा सहित फुलापतिलाई बजार परिक्रमा गराएर भित्र्याइएको थियो । नौमति बाजाको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली समेत फुलपाति भित्र्याउने कार्यमा सहभागि थिए । नेपाल भाषा मंका खलका बाद्यबाधन टोली पनि सहभागि भएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायत सुरक्षाअधिकारीहरुको उपस्थितिमा कोतघरमा फुलापाति भित्र्याइएको थियो ।

यसैगरी मल्लाजकोतमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको उपस्थितिमा फुलपाति भित्र्याइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...