एमालेका उमेद्वार श्रेष्ठ घरदैलो अभियानमा

Add Samajik bikash office

बेनी,। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण श्रेष्ठले सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको छ ।

बडादशैको फुलपातिको दिनको अवसरमा बेनी नगरपालिका–२, खबराबाट निर्वाचन लक्षित घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

उम्मेदवार श्रेष्ठसहितको टोलीले घरदैलो अभियानको क्रममा मतदाताहरुलाई भेटेर विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठपर्वको शुभकामना दिएर आउँदो निर्वाचनमा एमालेको पक्षमा भोट मागिएको बताएको छ ।

Shreekrishna hardwear in news

उहाँले एमालेको नेतृत्वमा बनेका सरकारले देशको विकास निर्माणको साथै नेपाली जनताहरुको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गरेको स्मरण गराउँदै आउँदो निर्वाचनबाट पनि एमालेलाई देश विकास र जनताको सेवामा समर्पित गर्ने अवसर दिन आग्रह गर्नुभयो ।

घरदैलोमा एमाले जिल्ला सदस्य राजेन्द्रकुमार श्रेष्ठ, बेनी नगर कमिटी सचिवालय सदस्य भोजबहादुर रिजाल, बेनपा–७, बेनीका वडा कमिटी अध्यक्ष रमेश फगामी, दिलकुमार श्रेष्ठ, प्रेम घिमिरे लगायत नेता, कार्यकर्ताहरु सहभागी हुनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...