म्याग्दीको विकासका लागि साझा योजना बनाउने गठबन्धनका नेताहरुको भनाई

Gandaki Pardesh notice

बेनी, । सत्तारुढ पाँच दलीय गठबन्धनको आयोजनामा आइतबार बेनीमा शुभकामना आदानप्रदान भएको छ ।

बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा प्रदेशसभाको क्षेत्र (क) स्तरीय चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुबीच शुभकामना आदानप्रदान गरेका थिए ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तालमेललाई प्रभावकारी बनाउन कार्यकर्ताहरुबीच सहकार्यको वातावरण बनाउन, दुरी घटाउन र विगतको तित्तता हटाउन संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।

Shreekrishna hardwear in news

कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले संबिधानको रक्षा, बिधिको शाषन, राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै जिल्लाको समग्र विकासका लागि गठबन्धनका जुनसुकै दलका उमेद्वार भएपनि जिताउनुपर्ने भावनाका साथ चुनावको तयारीमा लाग्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले नेपालको हरेक राजनीतिक परिवर्तन र उपलब्धीका सहयात्री दलहरुको सहकार्यबाट प्राप्त भएको उपलब्धीको रक्षा र राजनीतिक स्थायीत्वका लागि गठबन्धन बनेको बताउनुभयो ।

“संसदीय समितिले नेपालीसँग बिवाह गरेका विदेशी महिलाले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने समयसिमाको सिफारिस तीन वर्षसम्म अल्झाउने ओलीले ल्याएको अध्यादेश हतारमा प्रमाणित गर्ने राष्ट्रपतिले पछिल्लो पटक संसदले पठाएको नागरिकता विधेयक अस्विकार गरेर संबिधानको उल्लङ्घन मात्र गर्नुभएको छैन, जुनसुकै समयमा पुरानै राजतन्त्रको जस्तै अवस्थामा देशलाई लैजाने षडयन्त्रमा लाग्नुभएको छ,” उहाँले भन्नुभयो “७ वर्ष प्रावधान हटाएर ओलीले अध्याधेश ल्याउँदा राष्ट्रहित र अहिलेको सरकारले नेपाली आमाबाट नेपालमा जन्मिएर हुर्किएका नागरिकहरुको आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न संसदबाट विधेयक पारित गरेर पठाउँदा राष्ट्रघाट भनेर भ्रम छर्नु भ्रम र नागरिकता बिहिन नेपालीहरुप्रतिको अन्याय हो ।”

Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले म्याग्दीको विकासमा दिर्घकालिन महत्व राख्ने साझा एजेण्डा लिएर जनतामाझ गएर चुनावमा इमान्दारीताका साथ परिचालन हुन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । “विकास निर्माणमा पछि परेको म्याग्दी जिल्लालाई अगाडी ल्याउने गठबन्धनको प्रमुख मुद्दा हो,” उहाँले भन्नुभयो “प्रतिस्पर्धीको भ्रम र प्रलोभनमा नपरी गठबन्धनका कार्यकर्ता इमान्दार भयो भने चुनावमा सफल हुन्छौ । गठबन्धनमा तलमाथी भयो भने जिल्ला र देशको के हुन्छ आफै सोच्नुहोस ।”

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले गठबन्धनभित्र रहेका समस्या पहिचान र समाधान गरि वडा, पालिका, जिल्ला तहमा सहकार्यको वातावरण बनाएको बताउदै गठबन्धनको भावना अनुसार गठबन्धनका दलका कार्यकर्ताहरु हलगोरु जसरी चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

माओवादीका प्रदेश सदस्य विनोद केसीले ओली प्रवृतिबाट अझै देशमा प्रगिगमन र संविधानमाथी प्रहारको खतरा रहेकाले देशलाई खतरामा जानबाट बचाउन तल्लो तहसम्म गठबन्धनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले संविधानको रक्षा, सुशसान र म्याग्दीको सर्वाङ्गिण विकासको मुद्दा लिएर गठबन्धन चुनावी मैदानमा जाने र प्रतिगमनका मतियारलाई पराजय गर्ने बताउनुभयो ।

नेपाली काग्रेसका प्रदेशसभा क्षेत्र (क)का सभापति ओम छन्त्यालको अध्यक्षता, उपसभापति तथा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको स्वागत र सुजन बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...