किसानी चन्द्रकुन्ता माविको भवन उद्घाटन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

गोपाल आचार्य
धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा निर्माण भएको किसानी चन्द्रकुन्ता माविको भवन शनिबार उद्घाटन गरिएको छ ।

भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीकै किम्बोट भन्ने ठाउँमा स्थानीयबासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर स्थानान्तरण गरिएको छ ।
भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उहाँका भाई पुर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर थापा र आमा कुन्ता देवी थापाको नाममा ६ रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउनुभएका थियो ।

सो जग्गामा राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु. ७० लाख सहयोगमा निर्माण भएको चार कोठे भवन जग्गादाता चक्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । यसअघि सो जग्गामा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक बिकास परियोजना र समुदायको कुल रु. ७३ लाख ७१ हजार ४५० को लागतमा चार कोठे भवन निर्माण भएको थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

भवन उद्घाटन कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत यस वर्ष थप चार कोठे भवन निर्माणका लागि बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

कक्षा १० सम्मको पठनपाठन हुने दुई सय भन्दा बढी विद्यार्थी रहेको विद्यालयले किमबोटको नयाँ भवनमा पठनपाठन सञ्चालन गरेको छ । २०७७ असार अन्तिम हप्ताको भिषण बर्षाका कारण बिद्यालय रहेको ढाडँटोलमा जमिन धाँजा फाटेर चिरा चिरा परेपछि २० कोठे कक्षा कोठा भवन र ६ वटा शौचालयका भवन भत्किएका थियो ।

भवन उद्घाटनको अवसरमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि भएको थियो । नृत्य प्रतियोगिताको आइतबार नतिजा सार्वजनिकका साथै इन्द्रेणी समुहका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र चन्दादाताहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता, रिमप्रकाश थापाको स्वागत, शिक्षक जिवन पौडेल र विकास केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, सहयोगदाता उमेश राना, भरत थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...