दरवाङमा पाँच दलीय गठबन्धनको चियापान

Gandaki Kotihome

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनको संयुक्त चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँँगेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रिय नीति अनुसार तालमेल गर्न लागेका गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताबीच दुरी घटाई घुलमिल र चुनावी सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरेको नेताहरुले बताएका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिर, उपसभापति केवी भण्डारी, माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, जिल्ला संयोजक रेशम जुग्जाली, एकिकृत समाजवादीका अनुप गौचन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवी विश्वकर्मा लगायत नेताहरुको सहभागिता थियो ।

कार्यक्रममा नेताहरुले संविधानको रक्षा, विधिको शासन, स्थिर सरकार, राष्ट्रियताको रक्षा गर्दै म्याग्दीको विकासमा फड्को मार्न आसन्न चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन नेता कार्यकर्ताहरु इमान्दारीताका साथ चुनावी तयारीमा जुट्न आग्रह गरेका थिए ।

गठबन्धनलाई बलीयो, प्रभावकारी र उपलब्धी मुलक बनाउदै विगतको तिक्तता विर्सेर भविष्यका लागि सहकार्य गरेर चुनावी सहकार्यमा जुट्न आग्रह गर्नुभयो । कार्यकर्ताहरुले गत स्थानीय चुनावमा तालमेल नहुँदा ब्यहोर्नुपरेको क्षतिलाई गठबन्धनका दलले आगामी चुनाबबाट पुर्ति गर्ने बताएका थिए ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरु स्थानीय स्तरमा तालमेलको समस्या पहिचान गरि समाधान र सहकार्यको वातावरण बनाउन जुटेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...