मोनाको आयोजनामा ताकममा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

मोनाको आठौ वार्षिक साधारणसभाको अवसरमा असोज २४ र २५ गते पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । मोनाका सचिव बिष्णुप्रसाद बरुवाल (सुवोध)ले साधारणसभासँगै भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश रु. एक लाख, पचास हजार, पच्चिस हजार र पन्ध्र हजार पुरस्कार प्रदान गरिने मोनाले जनाएको छ ।

Shreekrishna hardwear in news

यसैगरी उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वर, सेटर, ब्लकर, स्पाईकर र उत्कृष्ट प्रशिक्षकलाई ट्रफि सहित पुरस्कृत गरिने खेलकुद संयोजक जंगबहादुर पुनले बताउनुभयो । यसअघि असोज २८ र २९ गते गर्ने भनिएको मोनाको साधारणसभा २४ र २५ गते सारिएको छ ।

असोज २८ देखि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएपछि स्थानीय प्रशासन र सरोकारवालाको सुझाव अनुसार साधारणसभाको मिति अघि सारिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...