मोनाले भगवतिमा आँखा शिविर गर्ने

Gandaki Pardesh notice

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रघुगंगा गाउँपालिका–२ भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ ।

मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना गरिएको हो । मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले प्रवासी म्याग्देलीहरुले आर्थिक स्रोत जुटाएर ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

निशूल्क आँखा परिक्षण, चश्मा र औषधी वितरण गरिने शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको पोखरामा शल्यक्रियाको व्यवस्था मिलाइने प्रवत्ता श्रेष्ठले जानकारी दिनुभयो । सो शिविरका लागि गोकुल भण्डारीको संयोजकत्वमा समिति बनाएर तयारी गरिएको मोनाले जनाएको छ ।

Shreekrishna hardwear in news

रोजगारी, अध्ययन, पेशा, व्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोनाले विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रका गतिबिधी गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...