धवलागिरीमा बजार अनुगमन

Gandaki Ghumau

गोपाल आचार्य

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ ।

चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले बजार अनुगमन गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको उपस्थितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल, लेखा शाखा प्रमुख तिलकशंकर पौडेल, म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजार इकाईका अध्यक्ष तेजिन्द्र थापा, धरेलु तथा साना उद्योग कार्यालय र ताकम प्रहरी चौकीका प्रमुख यामबहादुर थापा, पत्रकार गोपाल आचार्यको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

म्ुाना, ताकम र हिलापोखरीका ४० वटा पसल अनुगमन गर्ने क्रममा भेटिएका म्याद नाघेका सस, विस्कुट, कोक, औषधी बरामद गरेर नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । म्याग्दीका अन्य बजार क्षेत्रमा पनि अनुगमन गरिने प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

४ वटा रातो सस, ५ वटा कालो सस, १ थान जेन्सन भ्वाइनेट, २ वोत्तल तारपिन तेल, १ वटा कफनेक्स तेल, रिफल्ड स्पिन्ट बिपि एक थान, सोडियम ओसिपेथ दुई थान नष्ट गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...