महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

Add Samajik bikash office

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको ५ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दीको आयोजनामा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधीकारी तथा सदस्यहरुलाई अभिमुखीकरण गरिएको हो ।
धवलागिरी गाउँपालिकाको धनजनता मा.बि., वुद्धिविकास मा.बि., मालिका गाउँपालिकाको राष्ट्रिय मावि रुम, अमरज्योती मा.वि. डाडागाउँ र ओखरबोट माविका ३५० जना किशोरी र ८४ जना विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघका सदस्यहरुलाई अभिमुखीकरण गरिएको कदम म्याग्दीले जनाएको छ ।
महिनावारीको बारेमा जानकारी दिई किशोरीलाई महिनावारीको समयमा हुने समस्याहरुको आफ्नै तहबाट समाधान र स्वच्छता कायम गराउन, विद्यालयमा महिनावारी मैत्री वातावरण बनाएर महिनावारी हुँदा कक्षा छोड्नुपर्ने समस्या घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
मालिका गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक तेजिन्द्र राना, वडामा कार्यरत स्वास्थ्यकर्मी र परियोजनाका जनसस्वाथ्य अधिकृत निरमाया मिजारले अभिमुखीकरणको सहजिकरण गर्नुभएको थियो ।
महिनावारी र महिनावीको समयमा हुने समस्या, समाधानका उपायहरु, विद्यालयमा स्वास्थ्य सरसफाई र महिनावारी स्वच्छता व्यवस्थापनको महत्व, महिनावारी स्वच्छता व्यवस्थापनमा विद्यालय व्यवस्थापन समितिको भूमिका र महिनावारीमैत्री संरचना निर्माणका योजनाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागि विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका पदाधीकारी तथा सदस्यहरुले विद्यालयमा साबुन सहितको हात धुने स्थानको व्यवस्था, प्याड बिसर्जन गर्ने स्थान निर्माण, सामग्री सहित महिनावारीको समयमा आराम कक्षको स्थापना गर्नका लागि माग र महिनावारीमैत्री शौचालय निर्माणको ला िस्थानीय पालिकामा बजेट माग गर्ने र विद्यालयमा स्वास्थ्यकर्मीबाट नियमित स्वास्थ्य तथा सरसफाई शिक्षा प्रदान गर्नको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...