मुक्तिनाथ सहकारीमा पुनः गौतम

Add Samajik bikash office

बेनी। बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औ साधारणसभाबाट पुनः लिलाराम गौतमको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।

बेनीमा सोमबार भएको साधारणसभाबाट उपाध्यक्षमा दण्डपाणी सापकोटा, सचिवमा कृष्णप्रसाद बरुवाल, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी, र सहसचिवमा भावना पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा देवी केसी, जयराम सुवेदी, टेकप्रसाद सापकोटा, कोमलप्रसाद ढुगाना, चन्द्र शेरचन र पदमबहादुर खत्री रहनुभएको छ ।

बेलबहादुर चोखालको संयोजकत्वमा चयन भएको घतान सेवा केन्द्रको सदस्यहरुमा बिजय चोखाल, भगवानप्रसाद श्रेष्ठ, हरि सुवेदी र सुरत खड्का चयन हुनुभएको छ । लक्ष्मिप्रसाद सुवेदीको संयोजकत्वमा गठन भएको रघुगंगा सेवा केन्द्रको सदस्यमा पदमबहादुर भण्डारी, होमबहादुर भण्डारी, दुधमाया पाइजा र हरिप्रसाद सुवेदी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

नारायणप्रसाद सुवेदीको संयोजकत्वमा बिष्णुप्रसाद आचार्य र त्रिबिक्रम शर्मा सदस्य रहेको
लेखा समिति चयन भएको छ । सहकारीले गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार गरेको छ । ४०० जना भन्दा बढी सदस्यको सात करोड रु. ८४ लाख १८ हजार ४०० सेयर पँुजि रहेको छ ।

गत वर्ष रु. ४४ करोड ७७ लाख १३ हजार ७२९ बचत र रु. ५१ करोड ७७ लाख ३५ हजार ६५६ लगानी गरेको छ । वि.स. २०६५ मा स्थापना र म्याग्दी जिल्लाभर कार्यक्षेत्र भएको सहकारीले बेनीको न्युरोड स्थित मुख्य, रघुगंगाको केन्द्र मौवाफाँट र बेनपा–९ घतानको सेवा केन्द्रबाट सेवा दिदै आएको छ । संस्थापक हिराबहादुर केसीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गरेको सहकारीले शेयर सदस्यका परिवारमा सुख र दुखमा साथ दिने कार्यक्रम चलाएको छ ।

Bhautik ministry notice about road

साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष गौतम, २०७८ को एसइईमा चार जिपिए ल्याएका सञ्चालक समिति सदस्य टेकप्रसाद सापकोटा सहित सेयर सदस्यका स्नाकोत्तर उतिर्ण सेयर र चौरासी वर्ष पुगेका अभिभावकलाई पुरस्कृत गरेको थियो । सिनियर प्रबन्धक तेजनाथ पौडेल र मौवाफाँट सेवा केन्द्रकी लेखापाल सुमित्रा शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

सेयर सदस्य दुर्गाराम सुवेदीका छोरा इन्द्रलाल सुवेदी, सञ्चालक समितिका उपाध्यक्ष डण्डपाणी सापकोटाका छोरा किरन सापकोटा, सञ्चालक समितिका बरिष्ठ सदस्य देवीकुमारी के.सीका छोरी विपना के.सी., सेयर सदस्य अमर बानियाका बुहारी एलिना बानियालाई स्नाकोत्तर उतिर्णय गरेकोमा सम्मान गरिएको हो ।

पशुपतिनाथ शर्मा, लक्ष्मी सुवेदी, दण्डपानी शर्मा, सोभाकान्त सुवेदी, दुतमाया पाइजा र पुष्पा कार्की खत्रीलाई उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यको सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारीले आर्थिक गतिबिधीका साथै सामाजिक रुपान्तरणमा पनि अभियान चलाउनुपर्ने बताउनुभयो ।

सहकारीका आर्थिक सामाजिक रुपान्तरणका अभियानमा नगरपालिकाले पनि सघाउने प्रतिवद्धता जनाउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले स्थानीय तहका सहकारी शाखाको वेवास्ताका कारण सहकारी संस्था नियमन हुन नसकेको र केही संस्थामा समस्या देखिएको बताउनुभयो ।

संस्थाका सल्लाहकार शेरबहादुर केसीले ब्याजदर बढाउन भन्दा पनि सहकारीले आफ्ना सेयर सदस्यलाई बैंकको तुलनामा सस्तो दरमा कर्जा सुविधा दिन सक्नुपर्ने बताउनुभयो । अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, सचिव डण्डपाणी पराजुलीको सञ्चालन र उपाध्यक्ष दण्डपाणी सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सेयर सदस्य देवराज शर्माले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...