बेगखोलामा ह्युम पाइप राखियो

Add Samajik bikash office

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा सोमबार ह्युमपाइप राखिएको छ ।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, बेनी जोमसोम कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधिन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालीको पहलमा ह्युम पाइप राखिएको हो ।

बेगखोलामा ट्याक्सी, मोटरसाइकल र स्कुटर लगायत साना सवारी साधनलाई सहज रुपमा आवत जावतको व्यवस्था मिलाउन बेनीबाट दुई वटा ह्युम पाइप लगेर राखिएको बेनी यातायात प्रा.ली.का सञ्चालक टिका पुर्जाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनीबाट बेगखोला सम्म ह्युमपाईप ढुवानी बेनी यातायात प्रालीले गरेको थियो । पाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधिन पुलका ठेकेदारले डोजर उपलब्ध गराएका थिए । खोला ठुलो भएका कारण दुई वटा पाइपभित्र खोलाको सबै पानी अटाएको छैन् ।

वि.स. २०७३ मा आएको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे र बेलीब्रिज बगाएको थियो । पक्कि पुल निर्माण गर्न ढिलाई हुँदा बेगखोलामा बाढी आएको अवस्थामा सवारी साधन आवत जावत बन्द हुने गरेको छ ।

ह्युम पाइप राखेपछि खोलामा जोखिम मोलेर सवारी साधन र मानिस वारपार गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको पुर्जाले बताउनुभयो । बेगखोलामा सडक बिभागको पुल महाशाखाले ८० मिटर लामो मोटरेबल पुल निर्माणा गरिरहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...