बिमा दावी रकम हस्तान्तरण

Add Samajik bikash office

बेनी । सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले सोमबार मालिका गाउँपालिका–६ दुखुमा बिमा दावी रकम हस्तान्तरण गरेको छ ।

बिमित स्वर्गीय राजकुमारी रोकाका आश्रित परिवारलाई रु. दश लाख ८५ हजार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । रु. दश लाख बिमांक रकम बराबरको बिमा गर्नुभएकी राजकुमारीले एक पटक मात्रै बिमा शूल्क तिर्नुभएको थियो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष पथबहादुर रोका र सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीका बेनी शाखा प्रमुख भावना पौडेल सुवेदीले राजकुमारीकी छोरी प्रितिलाई रकम हस्तान्तरण गर्नुभएको थियो । बिमांक रु. दश लाख, एक बर्षको बोनस रु. ३५ हजार र किरिया खर्च वापतको रु. ५० हजार उपलब्ध गराइएको हो ।

Shreekrishna hardwear in news

राजकुमारीका श्रीमानको १९ वर्षअघि निधन भएको थियो । रोकाका एक छोरा, दुई छोरी र वृद्ध अवस्थाका सासु ससुरा हुनुहुन्छ । मृतक रोका सो परिवारको साहरा हुनुहुन्थ्यो । बिमा दावी रकमले रोका परिवारलाई घरव्यवहार चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...