बेनी बोर्डिङ कप बेनी सामुदायिकलाई

Gandaki Ghumau

बेनी,। एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिक मा.वि.ले जितेको छ ।

बेनीको खुल्ला मञ्चमा सोमबार भएको फाइनलमा साविक विजेता वुद्ध एकेडेमीलाई शून्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधि जितेको हो ।

बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा १३ वटा विद्यालयका कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेको बुद्ध दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा बेनी सामुदायिकले लगातार दुई गोल गरेको थियो । विजेता र उपबिजेतालाई रु. २० हजार र १० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँ, पिन्सीपल मोहन अधिकारी, युवा रेडक्रस सर्कलका सभापति भुमिराज नेपाली लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा बेनी सामुदायिका सुगम पाईजा उत्कृष्ट खेलाडी, सामुदायिककै संस्कार किसान उत्कृष्ट गोलरक्षक, न्यू वेष्ट पोइन्टका रोजन पुन सर्वाधिक गोलकर्ता घोषित हुँदा उत्कृष्ट मिडफिल्डरमा बुद्धका राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डरमा बुद्धकै अरुण शेरपुञ्जा, उत्कृष्ट स्ट्राइकरमा बुद्धकै प्रविन थापा, राइजिङ प्लेयरमा लिटल गार्डेनका उज्वल केसी, अनुशासित टिममा मंगला मावि र उत्कृष्ट प्रशिक्षकमा सामुदायिकका प्रविण श्रेष्ठलाई घोषणा गरि अवार्डद्धारा पुरस्कृत गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...