२० औ जेसीजकप मंसिर तेस्रो साता

Add Samajik bikash office

बेनी । आगामी मंसिर २१ देखि २५ गतेसम्म बेनीमा २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले सोमबार पत्रकार सम्मेलन गरेर तयारी शुरु गरेको जनाएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले दिनेश बानियाको मुल संयोजकत्वमा १८ वटा उपसमिति गठन गरेर तयारी शुरु गरेको जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता र उपबिजेतालाई क्रमश नगद रु. ५२ हजार २२२ र ३२ हजार २३२ सहित रनिङ्गकप, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । सेमी फाइनलमा पुग्ने २ टिमलाई रु. ५ हजार उपलब्ध गराइनेछ ।

Shreekrishna hardwear in news

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर, कोच र राइजिङ्ग पेलेयरलाई विभिन्न अवार्डका साथै नगद रु. दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी पुरस्कार र अनुशासित टिमलाई रु. सात हजार ७७७ पुरस्कार प्रदान गरिने भएको छ ।

Bhautik ministry notice about road

टाईटल स्पोन्सर न्युजील्याडमा रहनुभएका लालबहादुर केसी अध्यक्ष रहेको गौमती विकास कोष र लालीगुराँस अपसेट प्रेस प्रायोजकको रुपमा रहेको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स इन्स्योरेन्स र बेनी सञ्जिवनी हेल्थ क्लिनिक हेल्थ पार्टनर रहेको छ ।

प्रतियोगिता सञ्चालन गर्न रु. सात लाख ५७ हजार २३१ खर्च हुने जेसीजले जनाएको छ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ ।

जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका म्याग्दी जेसीजका महासचिव बिष्मा श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको मूल नारा सहितको लोगो समेत सार्वजनिक गरिएको थियो । यसपालीको जेसीजकपको नारा “जेसीस कप फुटबल म्याग्दीको शान–नव प्रतिभा पहिचान र क्षमता प्रस्फुटन” भन्ने रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...