म्याग्दीले बगाएर बालक बेपत्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी

बेनीमा सोमबार साँझ म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका–७ मंगलाघाटका ६ वर्षीय यसन पुर्जालाई म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो । साँझ सवा ५ बजे मंगलाघाटको पुरानो झोलुङ्गे पुल नजिकैबाट पुर्जालाई खोलाले बगाएको प्रहरी निरीक्षक राजन ढकालले बताए ।

Shreekrishna

‘खेल्ने क्रममा नदी किनारमा पुगेका पुर्जाको खोजतलास जारी छ,’ उनले भने ‘हालसम्म फेला पार्न सकिएको छैन् ।’ प्रहरी र आफन्तले खोजी जारी राखेका छन् । म्याग्दी नदी मंगलाघाट देखि करिब १ किलोमिटर तल आएर कालीगण्डकीमा मिसिन्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...