चुनावी अभियानमा एमाले म्याग्दी

Gandaki Ghumau

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी अभियानको कार्यतालिका बनाएको छ ।

बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रिय, प्रदेस समितिका सदस्य, जिल्ला र पालिका कमिटिका पदाधीकारीहरुको बैठकले मनोनयन दर्ताअघि र मनोनयन दर्तापछि चुनाव लक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैअघिसम्म प्रदेश निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तहको पालिका निर्वाचन समितिको बैठक, भेला र प्रशिक्षण गर्ने कार्यक्रम बनाएको एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार मनोनयन दर्तापछि असोज २५ गते मंगला गाउँपालिकाको पूर्णगाउँदेखि शुरु हुने प्रतिनिधीसभा सदस्यका उमेद्वारको टोलीको प्रचार अभियान कात्तिक ३० गते अन्नपूर्ण गाउँपालिकाको नागी पुगेर सक्ने कार्यतालिका बनेको छ ।

एमालेले म्याग्दीमा प्रतिनिधीसभा सदस्यका लागि प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई सर्वसम्मत उमेद्वार सिफारिस गरेको छ । दुई वटा प्रदेशसभा सदस्यका उमेद्वारका लागि सर्वसम्मत नभएपछि आकाक्षी सबैको नाम सिफारिस भएको छ ।

Gunasthariya Shiksya

निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले एमाले नेतृत्वको सरकारले गरेका कामको प्रचार, गठबन्धन सरकारका नकारात्मक कामको भण्डाफोर, राष्ट्रियता, जनजिविका र स्थानीय विकास सम्बन्धी मुद्दा सहित जनतामाझ जाने बताउनुभयो ।

आफ्नो कार्यकालमा म्याग्दी हिमाली जिल्लामा सूचिकृत भएको, जिल्लाका अधिकांश बस्तिमा केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण भएको, ठूला खानेपानी आयोजना भित्रिएको, बेनी लगायत जोखिमयुक्त बस्ती संरक्षण, अन्नपूर्ण, धवलागिरी, गुर्जा हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण, सात वटा नयाँ र स्थापित पर्यटकीय गन्तब्य घोषणा गरि पूर्वाधार निर्माण, बंगुर र आलु जोनका कार्यक्रम सञ्चालन भएको थापाले बताउनुभयो ।

पोखरेबगर चित्रे सडक र घारखोलाको सडक पुल कार्यान्वयन गराएको, थप पाँच ठाउँमा सडक पुल तथा लामा झोलुङ्गे पुल निर्माण हुन लागेको थापाले बताउनुभयो । आफ्नो कार्यकालमा भएका कामको विवरण छिट्टै सार्वजनिक गर्ने निवर्तमान प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री नरदेवी पुनले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य उमेद्वारमा सिफारिस हुनुभएका एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले एमाले नेतृत्वको सरकारले विगतमा गरेका कामलाई निरन्तरता, सुरु गरेका योजनालाई पूर्णता दिन आगामी चुनावमा एमालेका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

गत स्थानीय तह चुनावमा जिल्लाका ६ मध्य ४ वटा स्थानीय तह र २२ वटा वडाको अध्यक्ष जितेको एमालेले आगामी चुनावमा पनि आफ्नो विरासत कायम राख्ने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले विश्वास गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...